ग्लोबल


इरानविरुद्ध आक्रमणका लागि अनुमति पाउनासाथ बेलायत पुग्यो अमेरिकी बमवर्षक

इरानविरुद्ध आक्रमणका लागि अनुमति पाउनासाथ बेलायत पुग्यो अमेरिकी बमवर्षक

३४ टनसम्म हतियार र सामान बोक्न सक्ने बी-१ बमवर्षक। (फाइल फोटो)


नेपालखबर
फागुन २३, २०८२ शनिबार २२:५३, काठमाडौँ

बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले अमेरिकालाई बेलायती बेसबाट इरानी क्षेप्यास्त्र अड्डाविरुद्ध ‘रक्षात्मक’ कारबाही गर्न अनुमति दिएका छन्।

यसलगत्तै २४ क्रुज क्षेप्यास्त्र बोक्न सक्ने अमेरिकी बमवर्षक बेलायतमा अवतरण भएको छ।

यसअघि बेलायतले इरानविरुद्ध अमेरिकालाई बेलायती सैन्य अड्डा प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेका थिए, जसले गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मतभेद भएको थियो।

अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले बिहीबार इरानविरुद्ध आक्रमण ‘उल्लेखनीय रूपमा बढ्ने’ बताएपछि विमान बेलायत ल्याइएको हो। 

बीबीसीका अनुसार १४६ फिटको बी-१ ल्यान्सर शुक्रबार साँझ ग्लुस्टरसायरको आरएएफ फेयरफोर्डमा आइपुगेको छ। 

अमेरिकालाई ग्लुस्टरसायरमा आरएएफ फेयरफोर्ड र हिन्द महासागरमा डिएगो गार्सिया प्रयोग गर्न अनुमति दिएपछि प्रधानमन्त्री स्टार्मरले सांसदहरूलाई भने, 'सरकार आकाशबाट शासन परिवर्तनमा विश्वास गर्दैन।'

ग्लुस्टरसायर र विल्टसायरको सिमानामा रहेको आरएएफ फेयरफोर्ड अमेरिकाले यसअघि पनि लामो दूरीको भारी बमवर्षक अभियान सञ्चालन गर्न प्रयोग गर‍िसकेको छ।

बोइङका अनुसार बी-वान बमवर्षक ८६ टन तौलको छ र यो अमेरिकी वायुसेनाको सबैभन्दा छिटो बमवर्षक हो, जसको गति प्रतिघण्टा झन्डै १,५०० किलोमिटर छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad