खेल


वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा

नेपालखबर
फागुन १७, २०८२ आइतबार २३:२१, काठमाडौँ

वेस्ट इन्डिजलाई पराजित गर्दै साविक विजेता भारत आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सुपर ८ को अन्तिम खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै आयोजक भारत विश्वकपको सेमिफाइनलमा पुगेको हो। 

सेमिफाइनल पुग्नका लागि निर्णायक खेलमा भारतसँग पराजित भएपछि वेस्ट इन्डिज सुपर ८ बाट बाहिरिएको छ। 

सुपर ८ को अन्तिम खेलमा वेस्ट इन्डिजले दिएको १ सय ९६ रनको लक्ष्य भारतले ४ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो। 

भारतका लागि विष्फोटक ब्याटिङ गरेका ओपनर सञ्जु सामसनले सर्वाधिक ९३ रनको अविजित पारी खेले। उनले ५० बलमा १२ चौका र ४ छक्का प्रहार गरे। 

शिवम दुवे ८ रनमा नटआउट रहे। तिलक बर्मा २७ रन बनाउँदा क्याच आउट भए। कप्तान सुर्य कुमार यादव १८ रन बनाउदा क्याच आउट नै हुन पुगे। हार्दिक पाण्डेय १७ रनमा क्याच आउट भए। अविशेक शर्मा र इसान किसान समान १० रन बनाउँदै पेभेलियन फर्के। 

त्यसअघि कोलकताको इडेन गार्डेनमा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९५ रनको योगफल तयार पारेको थियो। 

वेस्ट इन्डिजका लागि रोभमन पोवेल ३४ र जेसन होल्डर ३७ रनमा नटआउट रहे। जेसनले २२ बलमा २ चौका र ३ छक्का प्रहार गरे। पोवेलले १९ बलमा ३ चौका र २ छक्का हाने। ओपनर तथा कप्तान साइ होप ३३ बलमा ३ चौका र १ छक्का सहयोगमा ३२ रन बनाउँदा बोल्ड आउट हुन पुगे। 

अर्का ओपनर रोष्टन चेस २५ शलमा ५ चौका र १ छक्का सहयोगमा ४० रन बनाउँदा क्याच आउट हुन पुगे। सिमरन हेटमायरले २७ र सेरफाने रुदरफोर्डले १४ रन थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad