अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
एन्फाले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो। साम्बाको उपचारका लागि एन्फाले परराष्ट्र मन्त्रालयमार्फत आवश्यक पहल गरिरहेको जनाएको छ।
साम्बाले आज नै सामाजिक सञ्जालमार्फत उपचारका लागि आर्थिक सहयोगका लागि अनुरोध गरेकी थिइन्। साम्बाले एन्फाबाट सहयोग नपाएको गुनासो गर्दै शल्यक्रियाका लागि सहयोगको याचना गरेकी थिइन्। साम्बा चोटको कारण पछिल्लो सात सातादेखि मैदान बाहिर छिन्।
108
Shares

प्रतिक्रिया