खेल


समूह चरणबाटै बाहिरिसकेका ओमान र अस्ट्रेलिया भिड्दै

समूह चरणबाटै बाहिरिसकेका ओमान र अस्ट्रेलिया भिड्दै

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार १३:११, काठमाडौँ

आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज शुक्रबार अस्ट्रेलिया र ओमान भिड्दै छन्।

श्रीलंकाको पालकेले स्टेडियममा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ। 

समूह चरणबाट बाहिरिसकेका अस्ट्रेलिया र ओमान आजको खेलमा जित निकाल्दै विश्वकपमा सुखद बहिर्गमनको आशामा छन्।

समूह बीमा रहेको अस्ट्रेलियाले एक खेलमा जित र दुई खेलमा हार भोग्दै २ अंकमा तालिकाको चौथो स्थानमा छ।

समूह चरणमा अस्टे«लियाले पहिलो खेलमा आयरल्यान्डलाई ६७ रनले हराएको थियो। जिम्बाब्वेसँग २३ रनले तथा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो।
 
ओमानले भने समूह चरणको पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा श्रीलंकासँग १ सय ५ तथा आयरल्यान्डसँग ९६ रनको फराकिलो हार भोगेको थियो।

विश्वकपमा शनिबारदेखि सुपर ८ का खेल सुरु हुनेछन्। सुपर ८ मा समूह एबाट भारत र पाकिस्तान तथा समुह बी बाट जिम्बाब्वे र श्रीलंका पुगेका छन्। समूह सी बाट वेस्ट इन्डिज र इंग्ल्यान्ड तथा समूह डीबाट दक्षिण अफ्रिका र न्यु जिल्यान्ड सुपर ८ मा पुगेका छन्।

सुपर ८ को पहिलो खेलमा शनिबार पाकिस्तान र न्युजिल्यान्ड खेल्ने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad