खेल


विश्वकपमा दीपेन्द्रको लगातार दोस्रो अर्धशतक

विश्वकपमा दीपेन्द्रको लगातार दोस्रो अर्धशतक

नेपालखबर
फागुन ५, २०८२ मंगलबार २२:४५, काठमाडौँ

नेपालका लागि दीपेन्द्रले २० औँ ओभरको पहिलो बलमा २३ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे।

जारी विश्वकपमा यो दीपेन्द्रको लगातार दोस्रो अर्धशतक हो। यसअघि उनले वेष्ट इण्डिजविरुद्ध अर्धशतक हानेका थिए।

दीपेन्द्रले गुल्सन झासँग ७३ रनको साझेदारी गर्दा नेपालले विश्वकपमा १२ वर्षपछि जित हात पारेको छ। 

गुल्शनले दीपेन्द्रसँग एक चौका र २ छक्काको मद्दतमा अविजित २४ रनको योगदान गरे।

ऐरी खेलको प्लेयर अफ द म्याच घोषित भए। 

खेलपछि दीपेन्द्रले प्रतिक्रिया दिए, ‘प्रशंसकहरूलाई धन्यवाद, गत विश्वकपमा हामीले एउटा पनि खेल जितेनौं, जुन हाम्रो लागि धेरै महत्त्वपूर्ण थियो। यो उत्कृष्ट इनिङहरू मध्ये एक हो। इङ्गल्याण्डको खेल अनुभव सिक्ने खालको थियो, हाम्रो लागि राम्रो भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad