समाज


‘उच्चस्तरीय सहमति कार्यान्वयन गर्न चीन तत्पर छ’

‘उच्चस्तरीय सहमति कार्यान्वयन गर्न चीन तत्पर छ’

नेपालखबर
फागुन ५, २०८२ मंगलबार २२:५२, काठमाडौँ

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपाल र चीनबीचको सम्बन्ध नयाँ ऐतिहासिक मोडमा उभिएको उल्लेख गर्दै यसको भविष्य उज्ज्वल रहेको बताएका छन्।

चिनियाँ नयाँ वर्ष (घोडा वर्ष) को अवसरमा ललितपुरको पाटन संग्रहालयमा आयोजित ‘वसन्त दीपोत्सव’लाई सम्बोधन गर्दै उनले दुई देशबीचको प्राचीन सभ्यता र आधुनिक विकासको तालमेलले आपसी सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपालस्थित चिनियाँ दूतावासद्वारा आयोजित कार्यक्रममा राजदूत चाङले सन् २०२६ चीनको ‘पन्ध्रौँ पञ्चवर्षीय योजना’ को प्रारम्भिक वर्ष भएको जानकारी दिँदै चिनियाँ शैलीको आधुनिकीकरणले नेपालसँगको सहकार्यमा नयाँ अवसर सिर्जना गर्ने बताए।

उनले भने, ‘हामी नेपालका विभिन्न क्षेत्रका मित्रहरूसँग मिलेर दुवै देशका उच्चस्तरीय नेताहरूबीच भएका महत्वपूर्ण सहमतिहरू कार्यान्वयन गर्न र विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्य अगाडि बढाउन तत्पर छौँ।’

दुवै देशको सम्बन्ध जनताको आत्मीयतामा आधारित हुने उनको भनाइ थियो। ‘दुई राष्ट्रबीचको सम्बन्ध जनताको आत्मीयतामा आधारित हुन्छ र आत्मीयता हृदयको सम्बन्धबाट सुरु हुन्छ,” उनले भने, ‘हामीले जनताको आवतजावत विस्तार गर्दै चीन-नेपाल सभ्यतागत आदान-प्रदानमा अझ धेरै उपलब्धि हासिल गर्नुपर्छ।’

ललितपुरका मेयर चिरिबाबु महर्जन र संस्कृति तथा पर्यटनमन्त्री अनिलकुमार सिन्हाको उपस्थिति रहेको कार्यक्रममा राजदूतले घोडा वर्षलाई शक्ति, गति र दृढताको प्रतीकका रूपमा चित्रण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad