खेल


इब्राहिम जदान चम्किएपछि अफगानिस्तानको पहिलो जित, युएई ५ विकेटले स्तब्ध

इब्राहिम जदान चम्किएपछि अफगानिस्तानको पहिलो जित, युएई ५ विकेटले स्तब्ध

नेपालखबर
फागुन ४, २०८२ सोमबार १५:५५, काठमाडौँ

टी-२० विश्वकपको खेलमा अफगानिस्तानले युएईलाई ५ विकेटले पराजित गरेको छ। युएईले दिएको १ सय ६१ रनको लक्ष्य अफगानिस्तानले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

अफगानिस्तानका लागि इब्राहिम जदानले सर्वाधिक ५३ रन बनाए भने अजमतुल्लाह उमरजाई ४० रनमा अविजित रहे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो। युएईका लागि अलीशान शराफुले सर्वाधिक ६८ रनको योगदान दिए।

टी-२० विश्वकप २०२६ को समूह 'डी' अन्तर्गत भएको यो खेलपछि अङ्क तालिकामा केही महत्त्वपूर्ण फेरबदल भएको छ। यो खेलपछि अफगानिस्तान ३ खेलमा १ जित र २ हारका साथ २ अङ्क बटुल्दै समूहको तेस्रो स्थानमा उक्लिएको छ। युएई समान खेलबाट १ जितका साथ नेट रनरेटका आधारमा चौथो स्थानमा झरेको छ।

न्युजिल्याण्ड र दक्षिण अफ्रिका विरुद्ध लगातार हारेपछि पहिलो जित दर्ता गरेको अफगानिस्तानका लागि अझै पनि 'सुपर ८' को झिनो आशा बाँकी छ तर यसका लागि उसले अर्को खेलमा क्यानडालाई हराउनु पर्नेछ र न्युजिल्याण्डको नतिजामा भर पर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad