आईसीसी टी-२० विश्वकपमा इटालीविरुद्ध नेपाली टोलीले पहिले ब्याटिङ गर्ने भएको छ।
मुम्बइको वानखेडे स्टेडियममा इटालीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो।
नेपालले इटालीविरुद्धको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। शेर मल्लको स्थानमा ललित राजवंशी प्लेइङ-११ मा आएका छन्। ललित विश्वकपमा डेब्यु गर्न लागेका हुन्।
ललित नेपालले दोस्रो पटक सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप खेल्ने टोलीमा भए पनि डेब्युको मौका पाएका थिएनन्।
समूह चरणको दोस्रो खेल खेल्न लागेका नेपाल र इटाली दुवै टोली पहिलो जितको खोजीमा छन्।
नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। इटाली भने स्कटल्यान्डसँग ७३ रनको फराकिलो हार व्यहोरेको थियो।
नेपाली टोलीः कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सन झा, करण केसी, ललित राजवंशी, नन्दन यादव र सन्दीप लामिछाने।
Shares

प्रतिक्रिया