कारोबार


९ अंकले बढ्यो बजार, ११ अर्बको सेयर कारोबार

९ अंकले बढ्यो बजार, ११ अर्बको सेयर कारोबार

नेपालखबर
माघ २९, २०८२ बिहिबार १५:८, काठमाडौँ

सेयरबजार आज ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २ करोड ७७ लाख कित्ता खरिदबिक्रीमा १२१ अर्ब १० करोडको कारोबार भएको छ। 

बिहीबार १३९ वटा सेयरको मूल्य बढ्दा ११५ वटाको घटेको र ६ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। आज सबैभन्दा बढी मध्यभोटेकोशी जलविद्युत् कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशत कमाएका छन्। 

यसबाहेक रसुवागढी हाइड्रो ९.८८, खानीखोला हाइड्रो ७.०२, श्रीनगर एग्रिटेक ६.२९ र सान्जेन जलविद्युत् कम्पनीको ६.१० प्रतिशतले बढेको छ। घटेकामा कालिञ्चोक दर्शन अगाडि छ। कम्पनीको ७.५९ प्रतिशतले मूल्य खस्किएको छ। 

त्यसैगरी रिडी पावर कम्पनी ३.४७ प्रतिशतले घटेको छ। 

कारोबारमा ङादी ग्रुप पावरको ७० करोडको र एसवाई प्यानलको ४३ करोडसहित पहिलो र दोस्रो स्थानमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad