खेल


विश्वकपमा नेदरल्यान्ड्सको पहिलो जित

नामिबियालाई हराउँदै समूह ‘ए’को दोस्रो स्थानमा उक्लियो
विश्वकपमा नेदरल्यान्ड्सको पहिलो जित

नेपालखबर
माघ २७, २०८२ मंगलबार १४:४६, काठमाडौँ

भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी२० क्रिकेट विश्वकपमा नेदरल्यान्ड्सले पहिलो जित हात पारेको छ। 

पहिलो खेलमा पाकिस्तानसँग हार व्यहोरेको डच टोलीले दोस्रो खेलमा नामिबियालाई हराएको हो। 

मंगलबारको जितपछि नेदरल्यान्ड्स समूह एको दोस्रो स्थानमा उक्लेको छ। 

दिल्लीमा भएको खेलमा नामिबियाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो। नामिबियाको लागि ओपनर जान फ्रिलिंकले ३०, जान निकोल लफ्टी इटनले ४२, जेरार्ड इरासमस १८ र जेजे स्मितले २२ रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्। 

नेदरल्यान्ड्सका बास डि लिड र लोगन भान बीकले समान २ तथा आर्यन दत्त र फ्रेड क्लासनले समान १ विकेट लिए। 

१५७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १५७ रनको लक्ष्य १८औँ ओभरमा ३ विकेट क्षतिमा १५९ रन बनाउँदै पूरा ग¥यो। यो जितमा डच टोलीका ओपनर माइकल लेविटले २८, डि लिडले ७२, कलिन अकरम्यानले ३२ र स्कट एडवार्ड्सले १८ रनको योगदान गरे। 

नामिबियाका बर्नार्ड स्कोल्ट्ज, रुबेन ट्रम्पलम्यान र लफ्टी इटनले समान १ विकेट लिए पनि टोलीलाई जित दिलाउन असमर्थ रहे। 

खेलमा डि लिड प्लेयर अफ द म्याच भए। योसँगै दुई खेल खेलेको नेदरल्यान्ड्सको भारत र पाकिस्तानसरह समान २ अंक भएको छ। तत्काललाई डच टोली ग्रुप एको दोस्रो स्थानमा उक्लेको छ। यो समूहमा नामिबिया र अमेरिका अंकविहीन छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad