टिपटप न्यु डायमन्ड स्पोर्टस् क्लब पोखरामा जारी छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको महिलातर्फको फाइनलमा पुगेको छ।
पोखरा रगंशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्ड उपाधि नजिक पुगेको हो।
डायमन्डले पुलिस क्लबलाई २५–११, २५–१९ र २५–२० को सेटमा पाखा लगाएको हो। लिग चरणको ३ खेलमा ९ अंक जोड्दै डायमन्ड फाइनलमा पुगेको हो।
अब एपीएफ, थाईल्याण्ड क्विन्स र पुलिसमध्ये एक टोलीले फाइनलमा स्थान बनाउनेछन्।
आजै भएको दिनको पहिलो खेलमा थाइल्याण्डले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराएको हो। थाइल्यान्डले आर्मीलाई २५–११, २५–२१ र २५–१६ ले हरायो।
आजै पुलिसतर्फको दुई खेल हुनेछ। पुरुषतर्फको पहिलो खेलमा पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्सबिच सुरु हुनेछ। दिनको अन्तिम खेलमा घरेलु टोली गण्डकी र पुलिस क्लब खेल्नेछन्।
Shares

प्रतिक्रिया