खेल


क्लबहरु तटस्थ मैदानमा खेल्न नमाने इंलिस प्रिमियर लिग रद्द हुने

क्लबहरु तटस्थ मैदानमा खेल्न नमाने इंलिस प्रिमियर लिग रद्द हुने

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार ९:३१,

‘तटस्थ स्थान’मा क्लवहरुले खेल्न नमाने इंलिस प्रिमियर लिग फुटबल रद्द हुने भएको छ।

आगामी सिजनका खेलहरु बन्द रगंशालामा गराउने तयारी भइरहँदा यो सिजनका बाँकी खेलहरु १० तटस्थ मैदानमा खेलाउने भनिएको थियो। तर, तटस्थ मैदानमा क्लवहरु खेल्न तयार नभए लिगका बाँकी खेल रद्द गर्ने लिग म्यानेजर्स एसोसियसनका प्रमुख कार्यकारी रिचर्ड बेवानले यस्तो बताएका हुन्।

कोरोना भाइरसको महामारीको कारण गत मार्च १३ देखि लिगका खेलहरु स्थगित छन्। यो सिजनका ९२ खेलहरु खेल्न बाँकी छन्। क्लवहरु तटस्थ स्थानमा खेल्न तयार भए बाँकी खेल जुन १२ बाट गराउने तयारी गरिएको छ।

रेलिगेसनको डरमा रहेको क्लब तटस्थ भूमिमा खेल गराउन नहुने बताउँदै आएका छन्।

रेलिगेसनको डरमा रहेको ब्राइटनले तटस्थ भूमिमा खेल्ने नियमले लिगको महत्व र प्रतिष्ठा घटाउने दाबी गरेका छन्। पुछारका क्लबले तटस्थ भूमिमा खेल्न आफ्नो टिम रेलिगेसन पर्ने सम्भावाना बढ्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad