कारोबार


वैशाखमा महेशपुर भन्सार कार्यालयमा राजश्व संकलन शून्य

वैशाखमा महेशपुर भन्सार कार्यालयमा राजश्व संकलन शून्य

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार ९:४२,

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को एक मात्र महेशपुर भन्सार कार्यालयमा लकडाउनका कारण राजश्व संकलन प्रभावित भएको छ। चालु आर्थिक वर्षको वैशाखको हालसम्म राजश्व संकलन शून्य रहेको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमराज शर्माले जानकारी दिए।

लकडाउन शुरु भएदेखि नै राजश्व संकलन प्रभावित बनेको छ। जिल्ला प्रशासन कार्यालयले भन्सार कार्यालयलाई महेशपुर नाकाबाट भित्रिने सामग्रीको भन्सार महशुस संकलन नगर्ने आदेश गरेपछि राजश्व संकलन प्रभावित भएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार विसं २०७६ चैतमा बन्दाबन्दीअघि रु ८८ लाख र बन्दाबन्दीपछि जम्मा रु सात लाख मात्र राजश्व संकलन भएको देखिन्छ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले कोरोना संक्रमणको असज परिस्थितिलाई ध्यानमा राखी सो नाकाबाट सकभर सामग्री भित्रिन नदिइएको बताए। चालु आर्थिक वर्ष २०७६÷०७७ मा कुल रु १५ करोड राजश्व संकलन गर्ने लक्ष्य भए पनि हालसम्म रु ११ करोड १८ लाख राजश्व मात्र संकलन भएको छ।

उद्योग कलकारखाना प्रभावित
बन्दाबन्दीका कारण पश्चिम नवलपरासीमा अधिकांश उद्योग कलकारखाना प्रभावित भएका छन्। कामदार र आवश्यक कच्चा पदार्थको अभावमा उद्योगधन्दा प्रभावित भएका हुन्। जिल्लामा साना, मम्झौला र ठूला उद्योग गरी सबै प्रकारका उद्योगधन्दा बन्द हुँदा व्यवसायी मारमा परेको उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले जनाएको छ।

जिल्लामा बन्दाबन्दीबाट निजी क्षेत्र पनि निकै प्रभावित बनेको छ। सरकारले निजी क्षेत्रलाई बैंकको व्याज छुटलगायत विशेष प्याकेज व्यवस्थापन गर्नुपर्ने संघका अध्यक्ष केशवप्रसाद भण्डारी बताउँछन्। जिल्लामा खाद्यान्नबाहेक अन्य सिमेन्ट र स्टिल उद्योग केही सीमित सञ्चालनमा रहे पनि त्यसबाहेकका अधिकांश उद्योग बन्द छन्। पश्चिम नवलपरासीमा सात ठला, ३६ मम्झौला र ८० घरेलु तथा साना उद्योग व्यवसाय छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad