खेल


नेपाललाई जितका लागि नेदरल्यान्ड्सबाट १४१ रनको लक्ष्य

नेपाललाई जितका लागि नेदरल्यान्ड्सबाट १४१ रनको लक्ष्य

नेपालखबर
माघ ८, २०८२ बिहिबार १०:३३, काठमाडौँ

काठमाडौँमा जारी आईसीसी महिला विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि नेदरल्यान्ड्सबाट १ सय ४१ रनको बलियो लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४० रनको योगफल तयार पारेको हो।  

बबेटे डे लिडेले सर्वाधिक ४९ रन बनाउँदा रुबिना क्षेत्रीको बलमा कट एन्ड बोल्ड भइन्। स्टेरे कालिसले ३० रन बनाउँदा रिया शर्माको बलमा बोल्ड आउट भइन्। 

नेपालले दोस्रो ओभरमा नै नेदरल्यान्डस्‌को दुई विकेट लिँदै दबाबमा राखेको छ। पहिलो ओभरमो चौथो बलमा ओपनर पेभे मोल्केबोइर शून्य रनमा नै सुमन विष्टको बलमा सम्झना खड्काको हातबाट क्याच आउट हुन पुगिन्।

दोस्रो ओभरको तेस्रो बलमा अर्की ओपनर हेइदर साइजर्स १३ बलमा पूजा महतोको बलमा रुबिना क्षेत्रीको हातबाट क्याच आउट भइन्। 

नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन्। सुमन विष्ट, पूजा महतो र रिया शर्माले समान एक विकेट लिए।

नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad