काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (आइतबार) आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सुरु भएको छ।
यो प्रतियोगिता नेपालले घरेलु मैदानमा आयोजना गरेको अहिलेसम्मकै ठुलो क्रिकेट प्रतियोगिता हो।
जुन प्रतियोगिता हेर्न कुनै शुल्क नलाग्ने नेपाल क्रिकेट संघले जनाएको छ। अर्थात् प्रतियोगिता स्थल नि:शुल्क प्रवेश गर्न पाइनेछ।
आफ्नो पहिलो खेलमा आज नेपाल थाइल्यान्डसँग भिड्दै छ। थाइल्यान्डविरुद्ध पहिले नेपाल ब्याटिङमा छ।
थाइल्यान्डले टस जितेर पहिले बलिङ रोजेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले ब्याटिङ गर्ने भएको हो।
ग्लोबल छनोटमा नेपाली टोली समूह बीमा छ।
नेपाल रहेको समूहमा थाइल्यान्ड, जिम्बाबे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन्।
यस्तै समूह एमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, नामिबिया र अमेरिका छन्।
समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।
सुपर सिक्सबाट छानिने चार टोलीले विश्वकपमा स्थान बनाउने छन्।
नेपालको प्लेइङ ११
विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, पूजा महतो, इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा र सुमन विष्ट
Shares

प्रतिक्रिया