खेल


कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य-सचिवका लागि ३ जनाको नाम सिफारिस

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य-सचिवका लागि ३ जनाको नाम सिफारिस

रवीन्द्र चन्द


नेपालखबर
माघ ३, २०८२ शनिबार २०:४६, काठमाडौँ

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य-सचिव पदका लागि ३ जनाको नाम सिफारिस भएको छ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दैै रवीन्द्र चन्द, दीपक हमाल र प्रमोद हमाललाई सिफारिस गरिएको मन्त्रालयले जनाएको छ।

योग्य ठहरिएका तीन उम्मेदवारलाई अन्तिम सूचीमा समावेश गरी सिफारिस गरिएको बताइएको छ। सिफारिस भएका चन्द एन्फाका केन्द्रीय सदस्य समेत हुन्।

मन्त्रालयका अनुसार गत पुस ३० गते प्रकाशित सूचनामार्फत प्रारम्भिक योग्यताक्रमको सूचीबाट १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो। 

ती उम्मेदवारमध्ये पुस ३ गते लिइएको अन्तर्वार्तामा प्राप्त लिखित तथा अन्तर्वार्ता मूल्यांकनका आधारमा अन्तिम रूपमा ३ जनाको नाम सिफारिस गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad