ad ad

खेल


स्पेनिस ला लिगाका खेलहरु जुन महिनाबाट सुचारु गर्ने तयारी

स्पेनिस ला लिगाका खेलहरु जुन महिनाबाट सुचारु गर्ने तयारी

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ७:४२,

कोरोना भाइरसको प्रकोपसँगै स्थगित भएका ला लिगाका खेलहरु पुनः सुरु गर्ने तयारी थालिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

खेल सुचारु हुने खबरसँगै ला लिगा खेल्ने क्लबहरुले यसै सातादेखि प्रशिक्षणहरु सुरु गर्ने जनाएका छन्।

क्लबहरुले प्रशिक्षण सुरु गर्दा आफ्ना खेलाडीहरुलाई सानो सानो समुहमा बसेर अभ्यास गर्न सुझाव दिएका छन्।

अभ्यासमा फर्कन अगाडि सम्पूर्ण खेलाडीको कोरोना परिक्षण पनि हुनेछ। गत मार्च महिनामा ला लिगा अनिश्चित समयका लागि स्थगित गरिएको थियो।

ला लिगामा हालसम्म सबै क्लबले समान २७–२७ खेल खेलिसकेका छन्। अब सबैले समान ११–१० वटा खेल खेल्न बाँकी छ।

ला लिगामा बार्सिलोना र रियल मड्रिडबीच उपाधिका लागि तिव्र प्रतिस्पर्धा छ। बार्सा ५८ अंकसहित लिगको शीर्ष स्थानमा छ भने दुई अंकले पछि रहेको मड्रिड लिगको दोस्रो स्थानमा छ। एजेन्सी

Mental health key feature of our e-training: LaLiga Football Schools

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .