ad ad

समाज


लकडाउनको मोडालिटी तय गर्न उच्चस्तरीय समितिको बैठक बस्दै, प्रधानमन्त्री पनि सहभागी हुने

लकडाउनको मोडालिटी तय गर्न उच्चस्तरीय समितिको बैठक बस्दै, प्रधानमन्त्री पनि सहभागी हुने

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ७:३४,

लकडाउनको मोटालिटी तय गर्न कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा सहभागी हुने भएपछि उच्चस्तरीय समितिको बैठक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

सरकारले चौथोपटक थप गरेको लकडाउनको अवधि बिहीबार (२५ गते) सकिँदै छ। सरकारले लकडाउन केही खुकुलो बनाउने तयारी गरिरहेका बेला नेपालगन्जमा ठूलो मात्रामा कोरोना संक्रमित भेटिएपछि के गर्ने भन्नेबारे छलफल हुने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए।

आजको बैठकमा लकडाउनको स्वरुप परिमार्जन गर्दै संक्रमणको जोखिम कम देखिएका क्षेत्रमा खुकुलो बनाउने विषयमा छलफल हुने ती अधिकारीले बताए।

स्वास्थ्य मन्त्रालयले प्रभाव क्षत्रका आधारमा लकडाउनलाई रेड, एल्लो र ग्रिन गरी तीन क्षेत्रमा वर्गाीकरण गर्नेगरी लकडाउनको प्रस्ताव तयार गरेको छ। आजको बैठकमा सो प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .