खेल


म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक अमोरिम बर्खास्त

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक अमोरिम बर्खास्त

नेपालखबर
पुस २१, २०८२ सोमबार १६:२५, काठमाडौँ

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक रुबेन अमोरिमलाई बर्खास्त गरेको छ। 

योसँगै उनी १ वर्ष २ महिनाको प्रशिक्षणपछि मुख्य प्रशिक्षकको भूमिकाबाट टाढिएका छन्। 

उनी सन् २०२४ को नोभेम्बरमा युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। गत मेमा उनको प्रशिक्षणमा टोलीले बिल्बाओमा भएको यूईएफए युरोपा लिगको फाइनल खेलेको थियो। 

अहिले युनाइटेड प्रिमियर लिगको छैठौँ स्थानमा छ। क्लबले जारी गरेको विज्ञप्तिमा क्लबको नेतृत्व बदल्ने यो नै उपयुक्त समय भएको उल्लेख छ। अहिले नेतृत्व बदलिँदा यस सिजनमा क्लबले राम्रो स्थानमा रहेर लिग सकाउने युनाइटेडको अपेक्षा छ। 

क्लबले अमोरिमलाई योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना व्यक्त गरेको छ। उनको बहिर्गमनसँगै ड्यारेन फ्लेचरले बुधबार बर्न्लीविरुद्धको खेलमा प्रशिक्षकको भूमिका निर्वाह गर्ने भएका छन्। 

उनले क्लब म्यानेजरको रुपमा ६३ खेल खेलाए। तर तीमध्ये आधा खेलमा युनाइटेड जितविहीन रह्यो। उनको नाममा २४ जित, १८ बराबरी र २१ पराजय रहेको छ। समग्रमा उनको जित दर ३८.१ प्रतिशत रहेको छ। गत सिजनमा युनाइटेड १५औँ स्थानमा रहन पुगेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad