त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधिमाथि ह्याट्रिक गरेको छ।
महिला र पुरुषतर्फको फाइनलमा हेल्प नेपाल र न्यु डायमन्डले च्याम्पियनसिपमा एक सेट पनि नगुमाई उपाधि जितेका हुन्।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल भएको पुरुषतर्फको फाइनलमा हेल्प नेपालले आर्मीलाइ ३-० को सोझो सेटमा पाखा लगाएको हो।
हेल्प नेपालले आर्मीमाथि २५-२१,२५-२१ र २५-को सहज जित निकालेको हो।
हेल्प नेपालले यसअघि ०७९ मा भएको सातौ, ०८० मा भएको आठौं र यो पटक नवौँ सस्करण गरि लगतार तेस्रो पटक उपाधि जितेको हो।
२०७८ यता हेल्प नेपाल र आर्मी लगातार चार पटक फाइनल खेलेका हुन्।
२०७८ मा भएको फाइनलम भने हेल्प नेपाल आर्मीसँग नै पराजित भएको थियो। पुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लब तेस्रो भएको छ।
पुलिसले रुकुम पश्चिम ट्रेनिङ सेन्टरलाई ३-२ को हराउँदै तेस्रो भएको हो। पहिलो दुई सेट गुमाएको पुलिस क्लवले त्यसपछिका ३ सेटमा लगातार जित निकालेको हो। पुलिस क्लवले रुकुमलाई २५-२७,२३-२५,२६-२४,२५-२२,१५-१० ले हराएको हो।
आजै भएको महिलातर्फको उपाधि टिपटप न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले उचालेको हो। न्यु डायमन्डले चार वर्षपछि एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि उचालेको हो।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा विभागिय टोली नेपाल पुलिस क्लवलाई पराजित गर्दै डायमन्डले उपाधि जितेको हो। डायमन्डले पुलिस क्लबलाई २५-१८, २५-१९ र २५-१८ को सोझो सेटमा पाखा लगायो।
तेस्रो स्थानका लागि भएको खेलमा विभागीय डर्वीमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफ तेस्रो भएको हो। एकपक्षीय खेलमा एपीएफले आर्मीमाथि २५-१३,२५-१७,२५-१० को सहज जित निकालेको हो।
Shares

प्रतिक्रिया