खेल


सन्दीप लामिछाने बीपीएल खेल्न बङ्लादेश प्रस्थान

सन्दीप लामिछाने बीपीएल खेल्न बङ्लादेश प्रस्थान

नेपालखबर
पुस ७, २०८२ सोमबार २०:१२, काठमाडौँ

बङ्लादेश प्रिमियर लिग (बीपीएल) खेल्नका लागि सन्दीप लामिछाने बङ्लादेश प्रस्थान गरेका छन्।

बीपीएलका लागि लामिछाने सोमबार साँझ बङ्लादेशतर्फ प्रस्थान गरेका हुन्। उनी एक साताअघि मात्रै राजशाही वारियर्सको टोलीमा अनुबन्धित भएका थिए। 

बीपीएले २६ डिसेम्बरदेखि सुरु हुँदै छ। एक महिनासम्म चल्ने प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछ। 

प्रतियोगितामा चटग्राम च्यालेन्जर्स, ढाका क्यापिटल्स, नोखाली एक्सप्रेस, राजशाही वारियर्स, रंगपुर राइडर्स र सिल्हेट स्ट्राइकर गरी ६ टोली छन्। लामिछानेको टोली राजशाही वारियर्सले पहिलो खेलमा २६ डिसेम्बरमा सिल्हेट स्ट्राइकससँग प्रतिस्पर्धा गर्दै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad