खेल


एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो च्याम्पियन

एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो च्याम्पियन

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
पुस ५, २०८२ शनिबार १८:५९, काठमाडौँ

घरेलु टोली एपीएफ एफसीलाई पराजित गर्दै भारतको इस्ट बंगालले पहिलो साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिबार भएको फाइनल खेलमा इस्ट बंगालले एपीएफलाई ३-० गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमा २-० ले पछि परेको एपीएफले दोस्रो हाफमा थप १ गोल खायो। 

खेलको १७औँ मिनेटमा अनिता बस्नेतको प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो। खेलको २२औँ मिनेटमा इस्ट बंगालकी कप्तान फजिला इक्वापिटले गोल गर्दै टोलीलाइ सुरुवाति अग्रता दिलाइन्। 

त्यसलगत्तै २४औँ मिनेटमा पेनाल्टी एरियाबाट फजिलाकै प्रहार एपीएफकी गोलरक्षक अञ्जनाले बचाइन्। खेलको ३५औँ मिनेटमा आशालताको क्रसमा शिल्की देवी हेमानको गोलमा इस्ट बगांलले अग्रता दोब्बर बनायो। 

खेलको ४६ औँ मिनेटमा कप्तान फजिलाको व्यक्तिगत दोस्रो गोलमा इस्ट बगांलले ३-० गोलको अग्रता बनायो। 

त्यस्तै, ५३औँ मिनेटमा अनिता बस्नेतको कर्नरमा रश्मी कुमारी घिसिङको हेडर सिधै किपरको हातमा पुग्यो। खेलको दोस्रो हाफमा एपीएफले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन।

उपाधिसँगै इस्ट बंगालले १० हजार डलर पुरस्कार पाएको छ। त्यस्तै, उपविजेता एपीएफले ५ हजार डलर पुरस्कार पाएको छ। 

प्रतियोगितामा इस्ट बंगालकी इलाङबम पान्थोइ चानू उत्कृष्ट गोलकिपर बनिन्। उनले १ हजार डलर पुरस्कार पाएकी छन्। 

यस्तै, इस्ट बंगालकी कप्तान फजिला इक्वापिटले सबैभन्दा बढी ९ गोल गरिन्। उनलाई १ हजार डलर पुरस्कार प्रदान गरिएको छ। 

फजिला नै उत्कृष्ट खेलाडी बनिन्। उनले थप १ हजार डलर पुरस्कार पाएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad