खेल


डेम्बेले र बोनमति फिफा उत्कृष्ट खेलाडी घोषित

डेम्बेले र बोनमति फिफा उत्कृष्ट खेलाडी घोषित

नेपालखबर
पुस २, २०८२ बुधबार १२:३१, काठमाडौँ

पेरिस सेन्ट जर्मेन तथा फ्रान्सका फरवार्ड ओस्माने डेम्बेले फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जित्न सफल भएका छन्। महिलातर्फ भने बार्सिलोना तथा स्पेनकी मिडफिल्डर आइताना बोनमतिले फिफा उत्कृष्ट अवार्ड जितेकी छिन्। 

कतारमा गएराति भएको एक कार्यक्रममा पुरुषतर्फ डेम्बेले र महिलातर्फ बोनमति अवार्ड जित्न सफल भएका हुन्। 

२८ वर्षिय डेम्बेलेले गत सेप्टेम्बरमा बालोन डि ओर अवार्ड समेत जितेका थिए। पिएसजीलाई सन् २०२४-२५ मा चार उपाधि दिलाउन डेम्बेलेले महत्वपुर्ण भुमिका खेलेको थिए। 

बोनमतिले लगातार तेस्रो पटक फिफा उत्कृष्ट अवार्ड जित्न सफल भएकी हुन्। युरो २०२५ मा स्पने उपविजेता बनदा बन्दा बोनमतिले प्लेयर अफ दि टुर्नामेन्टको अवार्ड हात पारेकी थिईन्। 

बोनमति लगातार तेस्रो पटक बालोन डि ओर जित्ने पहिलो महिला खेलाडी समेत हुन्। उनले गत सेप्टेम्बरमा बालोन डि ओर अवार्ड हात पारेकी थिईन्। उनले त्यसअघि सन् २०२३ र २०२४ मा बालोन डि ओर जितेकी थिइन्।

महिला प्रशिक्षकतर्फ इङल्यान्डकी पशिक्षक सरिना वेगमानले पाँचौँ पटक अवार्ड जित्न सफल भएकी छिन्। पाँच पटक अवार्ड जित्ने सरिना पहिलो महिला प्रशिक्षक हुन्।
 
पुरुष प्रशिक्षकतर्फको अवार्ड लुईस एनरिकले जितेका छन्। उत्कृष्ट गोलरक्षकको अवार्ड म्यानचेष्टर सिटीका डोनारुम्माले जितेका छन्। 

यो अवार्ड अगष्ट २०२४ देखि २०२५ सम्मको प्रदर्शनलाई हेरेर दिइएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad