खेल


जसकारण सुदूरपश्चिमले जित्न सकेन नेपाल प्रिमियर लिग

जसकारण सुदूरपश्चिमले जित्न सकेन नेपाल प्रिमियर लिग

फाइनल खेल (सरोज नेपाल)


लक्ष्मी जि.सी
मंसिर २९, २०८२ सोमबार १८:१६, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार दुई पटक फाइनल खेलेको सुदूरपश्चिम रोयल्स लगातार उपविजेता बन्दै घर फर्कियो। 

शनिबार सम्पन्न एनपीएलको फाइनलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भयो। यद्यपि उसलाई उपाधि दाबेदार मानिएको थियो। तर लुम्बिनी ‘अन्डर डग’ टोली साबित भयो।

लिग चरणको अन्तिम खेलमा विराटनगर किंग्ससँग पराजित भएको सुदूरपश्चिम पहिलो क्वालिफायरमा त्यो हारको बदला लिँदै सिधै फाइनलमा पुग्यो। लगातार दोस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ रोज्यो। 

ओपनिङ जोडीका रुपमा विनोद भण्डारी र ईशान पाण्डेलाई पठाउँदै सुदूरपश्चिमले खेलमा पकड जमाउने रणनीति बनाएको थियो। तर सुरुवाती खेलहरुमा लामो समय क्रिज सम्हाल्दै आएका विनोद भण्डारी निर्णायक खेलमा छिट्टै आउट हुन पुगे।

यसकारण हार्‍यो सुदूरपश्चिम
फाइनलमा सुदूरपश्चिमको हारको मुख्य कारण ओपनर विनोद लामो समय क्रिजमा टिक्न नसक्नु र मिडल अर्डर ध्वस्त हुनु रह्यो।

लगातार विकेट पतनपछि दबाबमा आएको सुदूरपश्चिम ८५ रनमा नै अलआउट हुन पुग्यो। जुन फाइनल खेल्ने टोलीले दिने निकै कमजोर लक्ष्य हो। 

लगातार विकेट पतनपछि सुदूरपश्चिमको हार निश्चित बनिसकेको थियो। त्यसमा अलआउट हुनु अर्को कारण बन्न पुग्यो। विकेट पतनपछि टोलीलाई सम्हालेर अघि बढाउने जिम्मेवार ब्याटरको अभाव फाइनलमा प्रस्ट देखियो।

दोस्रो इनिङमा लुम्बिनीको आक्रामक सुरुवात र रन रोक्न नसक्नु सुदूरपश्चिमका लागि अर्को कारण बन्यो। लुम्बिनीलाई कमजोर टोलीको रुपमा लिएको सुदूरपश्चिमले लगातार बाउन्ड्री जोगाउन नसक्दा फेरि एकपटक उपविजेतामा नै चित्त बुझाउन बाध्य भयो।

सुदूरपश्चिमको दुई विदेशी खेलाडी फर्किएपछि टोली कमजोर देखिएको थियो। सुदूरपश्चिमले ल्याएका क्रिस लिन र जस ब्राउन फर्किएपछि सुदूरपश्चिमको ओपनिङ र ब्याटिङ लाइन कमजोर बन्यो।

लिग चरण र क्वालिफायर खेलमा सुदूरपश्चिको ओपनिङमा विनोद भण्डारीलाई विदेशी खेलाडीले साथ दिँदै आएका थिए। तर उनीहरु फर्किएपछि सुदूरपश्चिमले ईशान पाण्डेलाई ओपनिङमा पठाएको थियो। जुन निर्णय गलत साबित हुन पुग्यो। 

फाइनलमा पराजित भएपछि टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले लुम्बिनीले राम्रो खेल खेलेको बताएका थिए। नेपाली स्पिनरले राम्रो बलिङ गरेको र आफूहरुले कमजोर ब्याटिङ गरेको कारण पनि हारको कारण बनेको उनको भनाइ थियो। 

एनपीएल प्रदर्शन (ब्याटिङ र बलिङ) 

पहिलो खेल काठमाडौं गोर्खाजविरुद्ध (१४७ रन डिफेन्ड)
ब्याटिङ
ओपनरहरु जोस ब्राउन ०, विनोद ० 
आरिफ शेख २५, ईशान पाण्डे ११
दीपेन्द्र सिंह ऐरी ३९, हरमित सिंह ५३ 

बलिङ
स्कट कगलिन, हेमन्त धामी र हरमित सिंहको समान २ विकेट, ईशान पाण्डे, नरेन साउद र अविनाश बोहराको समान १ विकेट 

दोस्रो खेल पोखराविरुद्ध (१९३ रन डिफेन्ड) 
ब्याटिङ
ओपनरहरु जोश ब्राउन ६८, विनोद ४३ 
क्रिश लिन ३१, दीपेन्द्र १५ 

बलिङ 
हरमित २, स्कट, दीपेन्द्र, हेमन्त, अविनाश र नरेन समान १ विकेट 

तेस्रो खेल कर्णालीविरुद्ध (१३९ रन डिफेन्ड) 
ब्याटिङ
ओपनरहरु जोश ०, विनोद ११
क्रिश १८, आरिफ २७, दीपेन्द्र ३९, हरमित १९, स्कट १० 

बलिङ
दीपेन्द्र ४, हरमित र अविनाश समान २ तथा स्कट र हेमन्त समान १ विकेट 

चौथो खेल लुम्बिनीविरुद्ध (१४३ को लक्ष्य भेट्टाएर जित) 
ब्याटिङ
ओपनरहरु जोश ९, विनोद ६९ (नटआउट) 
क्रिश १६, आरिफ ३९, हरमित ७ 

बलिङ 
हरमित र अविनाश समान ३, हेमन्त २ र स्कट १ विकेट 

पाँचौँ खेल जनकपुरविरुद्ध (१४८ रनसहित जित) 
ब्याटिङ
ओपनरहरु जोश ०, विनोद ४२ 
ईशान ५६, दीपेन्द्र १० र हरमित २५ 

बलिङ
अविनाश ४, स्कट ३ र दीपेनद्र १ विकेट 

छैठौँ खेल चितवनविरुद्ध (१६९ रन डिफेन्ड) 
ब्याटिङ
ओपनरहरु विनोद २१, क्रिश ७५ 
पुनित मेहरा १३, आरिफ शेख २४, दीपेन्द्र २४ 

बलिङ
पुनित ३, दीपेन्द्र, हिक्मत महरा, अविनाश र ईशानको समान १ विकेट 

सातौँ खेल विराटनगरविरुद्ध (१४७ रन डिफेन्ड गर्न सकेन) 
ब्याटिङ
ओपनरहरु विनोद १५, जोश २४ 
ईशान ३८, आरिफ ४५ र दीपेन्द्र १९ 

बलिङ
अविनाश २ र हरमित १ विकेट 

आठौँ खेल विराटनगरविरुद्ध (क्वालिफायर १, १५५ रन डिफेन्ड)
ब्याटिङ
ओपनरहरु मुख्तर अहमद १०, विनोद ६३
शेल्डन ज्याक्सन २०, ईशान १३, हरमित १४ र आरिफ २० 

बलिङ
स्कट, हरमित र अविनाशको समान २ विकेट
हेमन्त र दीपेन्द्रको समान १ विकेट 

नवौँ खेल लुम्बिनीविरुद्ध फाइनल पराजय (८५ रनमै अलआउट) 
ब्याटिङ
ओपनरहरु ईशान ३३, विनोद ०
दीपेन्द्र १३, हरमित र स्कट समान १० रन 

बलिङ
हेमन्त २ र अविनाश र दीपेन्द्रको समान १ विकेट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad