यू–१९ एसिया कपमा बंगलादेशसामु नेपाली युवा टोलीले जितका लागि १ सय ३१ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।
यूएईको दि सेभेन्स स्टेडियममा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ३१.१ ओभरमा १ सय ३० रन बनाउँदा अलआउट भयो।
नेपालका लागि अविशेक तिवारीले बनाएको ३० रन नै सर्वाधिक रह्यो। उनले ४३ बलमा २ छक्का प्रहार गरे।
आसिश लोहारले २३ रन थपे। ओपनर साहिल पटेलले १८ र निरज यादवले १४ रन थपे। अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
नेपालका २ ब्याटर शुन्य रनमा नै आउट भए। सिवरिन श्रेष्ठ र कप्तान अशोक धामीले समान ५ रन बनाए। युवराज खत्रीले ६ रन बनाए। दयानन्द मन्डल २ रनमा अविजित रहे।
नेपाललाई कम स्कोरमा रोक्न बंगलादेशका लागि मोहम्मद सोबुजले ३ विकेट लिए।
साद रजिन, शारिएर अहमद र अजिजुल हाकीमले समान २ विकेट लिए। शाहरिर अहमदले एक विकेट आफ्नो नाममा गरे।
Shares

प्रतिक्रिया