खेल


भारत आइपुगे मेस्सी

भारत आइपुगे मेस्सी

नेपालखबर
मंसिर २७, २०८२ शनिबार ८:५०, काठमाडौँ

अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनेल मेस्सी शनिबार बिहान भारतको कोलकाता आइपुगेका छन्। उनको साथमा लुइस सुआरेज र रोड्रिगो डे पल पनि छन्।

मेस्सी जीओएटी इन्डिया टुर २०२५ अन्तर्गत कोलकाता आइपुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

मेस्सी हेर्न हजारौँ फ्यान कोलकाता विमानस्थलमा भेला भएका थिए।

समाचार एजेन्सी पीटीआईका अनुसार, मेस्सीलाई स्वागत गर्न हजारौँ मानिस मध्यरात पछिसम्म पर्खिरहेका थिए।

उनको विमान शनिबार बिहान २:२६ बजे कोलकातामा अवतरण भयो।

मेस्सीले जीओएटी इन्डिया टुर २०२५ अन्तर्गत भारतमा तीन दिन बिताउनेछन्।

यस क्रममा उनलेे भारतका चार सहर भ्रमण गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad