खेल


एनपीएल उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

एनपीएल उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

नेपालखबर
मंसिर २५, २०८२ बिहिबार १९:४९, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्। उपाधि भिडन्त शनिबार दिउँसो साढे ३ बजे सुरु हुनेछ। 

बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी पहिलो पटक उपाधि नजिक पुगेको हो। अंक तालिकाको चौथो स्थानमा रहेर एलिमिनेटर खेलेको लुम्बिनीले काठमाडौँ गोर्खाजलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। 

लिग चरणको पहिलो खेलमा जित निकालेको लुम्बिनीले लगातार तीन खेलमा हार भोगेको थियो। तीन हारपछि उत्कृष्ट पूनरागमन गरेको लुम्बिनीले त्यसपछिका पाँच खेलमा लगातार जित हात पारेको हो। 

सन्तुलित टोलीको रुपमा देखिएको लुम्बिनीले पछिल्ला खेलमा सम्हालिएर प्रदर्शन गरिरहेको छ। ब्याटिङमा सन्तुलित प्रदर्शन गर्न नसके पनि र बलिङमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। 

यता लगातार क्वालिफायर खेलेको विराटनगर भने दुवै खेलमा पराजित हुन पुग्यो। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको विराटनगरले फाइनल पुग्न दोस्रो मौका पाएको थियो। तर दोस्रो क्वालिफायरमा पनि लुम्बिनीसँग पराजित भएपछि उपाधि दौडबाट बाहिरिएको हो। 

विदेशी र राष्ट्रिय टोलीका अनुभवी खेलाडीको साथ पाएको विराटनगरलाई लिग चरणमा उपाधि दाबेदार टोलीको रुपमा हेरिएको थियो। तर लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको विराटनगरले क्वालिफायरमा आएर भने सोही लयलाई निरन्तरता दिन सकेन। विराटनगरले लिग चरणमा एक हार मात्र व्यहोरेको थियो। 

लिग चरणमा नै साविक विजेता जनकपुर बोल्ट्स बाहिरिएपछि दोस्रो सिजनमा एनपीएलले नयाँ च्याम्पियन पाउने पक्का भएको थियो।

यो पनि पढ्नुहोस् : विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad