खेल


‘पावर प्ले’मा तीन विकेट गुमाएपछि विराटनगर दबाबमा

‘पावर प्ले’मा तीन विकेट गुमाएपछि विराटनगर दबाबमा

नेपालखबर
मंसिर २५, २०८२ बिहिबार १८:१७, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरको पावर प्लेमै तीन विकेट गुमाएपछि विराटनगर किंग्स दबाबमा परेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार लुम्बिनी लायन्सविरुद्धको खेलमा विराटनगरले ६ ओभरमा तीन विकेट गुमाएर २८ रन बनाएको छ। विराटनगरले पहिलो ओभरम दुई विकेट गुमाएको थियो। 

पहिलो ओभरको पाँचौ बलमा मार्टिन गप्टिल र अन्तिम बलमा लोकेश बम आउट भएका थिए। त्यसपछि दोस्रो ओभरको तेस्रो बलमा फाफ डु प्लेसिस आउट भएका थिए। 

दबाबमा रहेको विराटनगरलाई साम हेल्जलेटले सम्हालिरहेका छन्। 

लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले दुई र शेर मल्लले एक विकेट लिए। यसअघि ब्याटिङ गरेको लुम्बिनीले आठ विकेटको क्षतिमा एक सय ३४ रन बनाएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad