साफ क्लब महिला च्याम्पियनसिपमा पाकिस्तानको कराँची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड महिला एफसीले बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको पहिलो खेलमा पाकिस्तान र भुटानको टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
आजै हुने दोस्रो खेलमा बंगलादेशको नासिर स्पोर्टस् एकेडेमी र नेपालको एपीएफ क्लब खेल्नेछन्। सो खेल साँझ ६ बजे सुरु हुनेछ। एपीएफ आजको खेलमा बंगलादेशको टोलीलाई पराजित गर्दै सुखद सुरुवात गर्न चाहान्छ। एपीएफको कप्तानी अनिता बस्नेतले गर्नेछिन्।
एपीएफ आफ्ना मुख्य खेलाडी बिनै मैदान उत्रदैछ। टोलीले स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा, मिडफिल्डर प्रिति राई र गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बा क्लब च्याम्पियनसिप खेल्ने टोलीमा छैनन्।
एपीएफले च्याम्पियनसिपका लागि नेपाल पुलिस क्लबकी डिफेन्डर पुजा राना, फरवार्ड मिना देउवा र त्रिभुवन आर्मी फुटबल क्लबकी विमला विकलाई टोलीमा ल्याएको छ।
तस्बिरहरू (सरोज नेपाल)






Shares

प्रतिक्रिया