खेल


‘गर या मर’को खेलमा लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दै बोल्ट्स

‘गर या मर’को खेलमा लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दै बोल्ट्स

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १५:३९, काठमाडौँ

सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान जान निको लफ्टी इटनले टस जितेर ब्याटिङ रोजेका छन्।

जनकपुरले आजको खेलमा जान निको लफ्टी इटोनलाई कप्तानी जिम्मेवारी दिएको छ। 

जनकपुरले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। वायन पार्नेलको स्थानमा संगीत कुरे आएका छन्। 

लुम्बिनीले भने अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ।

लुम्बिनीले आजको खेल जितेमा प्लेअफमा स्थान पक्का गर्नेछ। लुम्बिनीले शीर्ष चारमा स्थान बनाएको अवस्थामा प्लेअफ समीकरण पूरा हुनेछ। 

लुम्बिनीले प्लेअफमा स्थान बनाएसँगै अन्य टोलीको सम्भावना पनि सकिनेछ। लुम्बिनी पराजित भए अन्य टोलीका लागि प्लेअफ बाटो खुला हुनेछ। लुम्बिनी भने बाहिरिनेछ।

६ खेलबाट ६ अंक निकालेको लुम्बिनी लायन्स आज जित निकाल्दै प्लेअफमा सुरक्षित हुने लक्ष्यमा छ भने जनकपुर पनि प्लेअफको सम्भावना जीवितै राख्न गर या मरको स्थितिमा छ। ५ खेलबाट जनकपुरले हालसम्म १ जितसहित २ अंक मात्र बटुलेको छ। 

जनकपुर बोल्ट्सको टोलीः 
आशिफ शेख, शुभ कंसाकार, अनिल शाह, सचिन भट्ट, मयन यादव, आदित्य महतो, रुपेश कुमार सिंह, माज सदाकत, जान निकोल लफ्टी–इटोन, संजय कृष्णमुति, संगीत कोरे

लुम्बिनी लायन्सः 
रोहित पौडेल, सन्दीप जोरा, सुमित महर्जन, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, आर्सी जोन म्याथु सर्ट, जेजे स्मिथ, रुवेन ट्रम्पलम्यान, निरोसन डिकोवेल्ला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad