प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले प्रवक्ताको जिम्मेवारी सन्तोष परियारलाई दिएको छ।
शुक्रबार बसेको प्रलोपा अध्यक्ष परिषद्को बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। उनी प्रलोपाको अध्यक्ष परिषद्का अध्यक्ष पनि हुन्।
त्यस्तै, प्रलोपाले ओजस्वी भट्टराईलाई सहप्रवक्ताको जिम्मेवारी दिएको छ। उनी पनि अध्यक्ष परिषद्मा छन्।
केही समयअघि नेकपा (माओवादी केन्द्र) का पूर्वउपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वप्रमुख सचेतक सन्तोष परियार र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक दुर्गा सोब मिलेर नयाँ पार्टी घोषणा गरेका थिए। यो पार्टीमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि आवद्ध छन्।
6
Shares

प्रतिक्रिया