सुदूरपश्चिम रोयल्सले दिएको एक सय ७० रनको लक्ष्य पछ्याउने क्रममा चितवन राइनोजले राम्रो सुरुवात गर्न सकेन।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार चितवनले पावर प्लेमा तीन विकेट गुमाएर ३६ रन मात्रै बनाएको छ। चितवनका प्रारम्भिक ब्याटरद्वय अर्जुन साउँद १६ र डेभिड मलान ६ रनमा आउट भए। त्यस्तै, सैब जैब पनि ६ रनमै आउट भए।
सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरी र हिक्तम महराले एक–एक विकेट लिए।
87
Shares

प्रतिक्रिया