खेल


चेल्सीसँग बराबरी गरे पनि आर्सनल शीर्ष स्थानमा

चेल्सीसँग बराबरी गरे पनि आर्सनल शीर्ष स्थानमा

नेपालखबर
मंसिर १५, २०८२ सोमबार ९:६, काठमाडौँ

इङ्लिस प्रिमियर लिग अन्तर्गतमा १० खेलाडीमा सिमित चेल्सीसँग बराबरी गरे पनि आर्सनलले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ। 

शनिबार राति भएको खेलमा आर्सनलले चेल्सीसँग १–१ को बराबरी गर्दै अंक बाँडेको हो। खेलको ६९ औँ मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गरेपछि आर्सनल हारबाट जोगियाे।

त्यसअघि खेलको ३८ औँ मिनेटमा चेल्सीका मिडफिल्डर मोइसेस काइसेडोले रातो कार्ड खाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो। जारी सिजनमा चेल्सीले छैटौँ रातो कार्ड पाएकाे हाे। 

खेलको ४८ औँ मिनेटमा ट्रेभोगह चालोबाहको गोलमा चेल्सीले खेलमा अग्रता बनाएको थियो। तर खेलको दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन। 

बराबरीपछि आर्सनलले दोस्रो स्थानको म्यानचेष्टर सिटीसँगको अग्रता थप फराकिलो पार्ने मौका गुमायो। 

गएराति नै भएको खेलमा म्यानचेष्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई २–१ गोलअन्तरले हराएको छ।  लिभरपुलले वेष्टह्यामलाई तथा एष्टोन भिल्लाले वुल्भ्सलाई समान १–० ले पराजित गरे। ब्राइटनले भने नटिङ्घम फरेष्टलाई २–० ले हरायो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad