खेल


एसीसी यू–१९ प्रिमियर कप: नेपाल च्याम्पियन बन्ने लक्ष्यसहित आज यूएईसँग भिड्दै

एसीसी यू–१९ प्रिमियर कप: नेपाल च्याम्पियन बन्ने लक्ष्यसहित आज यूएईसँग भिड्दै

नेपालखबर
मंसिर १५, २०८२ सोमबार ७:८, काठमाडौँ

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आज नेपाल आयोजक यूएईसँग भिड्दैछ ।

उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ।

नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो। यूएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

नेपाल र यूएई  एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ। 

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ। 

तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन्। प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो। यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad