खेल


उपाधिका लागि नेपाली युवा टोलीले यूएईसँग प्रतिस्पर्धा गर्ने

उपाधिका लागि नेपाली युवा टोलीले यूएईसँग प्रतिस्पर्धा गर्ने

नेपालखबर
मंसिर १३, २०८२ शनिबार १५:५८, काठमाडौँ

एसीसी मेन्स यू-१९ प्रिमियर कपको उपाधिका लागि नेपाली युवा टोलीले घरेलु टोली यूएईसँग खेल्ने भएको छ। 

फाइनलमा पुगेसँगै नेपाल र यूएईले यू–१९ एसिया कपमा स्थान पक्का गरेका छन्। प्रिमियर कपबाट तीन टोलीले एसिया कपमा स्थान बनाउनेछन्। नेपाल र यूएईसँगै तेस्रो स्थानमा रहने टोलीले एसिया कप खेल्नेछ। 

शनिबार भएको सेमिफाइनलमा यूएईले ओमनलाई आठ विकेटले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो। ओमानले दिएको एक सय २७ रनको लक्ष्य यूएईले २०.१ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको छ। 

यूएईका लागि ओपनर तथा कप्तान याययिन राईले सर्वाधिक ७१ रनको योगदान दिए। अर्का ओपनर आयान मिसबह १९ रनमा आउट भए। मुहम्मद रायान खान २० र पृथ्वी मधु १४ रनमा अविजित रहे। 

त्यसअघि ब्याटिङ गरेको ओमन ३७.३ ओभरमा एक सय २६ रन बनाउँदा अलआउट भयो। 

आजै भएको सेमिफाइनल खेलमा नेपालले मलेसियालाई नौ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको थियो। मलेसियाले दिएको ५२ रनको झिनो लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो। 

त्यसअघि यूएईको अजमानस्थित सेभेन डिस्ट्रिक ग्राउन्ड–२ मा पहिले ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा समेटिएको थियो। 

अब तेस्रो स्थानका लागि ओमन र मलेसिया भिड्नेछन्। यो खेलको विजेताले पनि एसिया कपमा स्थान बनाउनेछ। फाइनल तथा र स्थानको खेल सोमबार हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad