नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले राजनीतिक दलहरूलाई गल्ती कमजोरी सच्याएर अघि बढ्न घचघच्याएको बताएका छन्।
लुम्बिनीस्तरीय एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले युवा पुस्ताको माग र जनताको चाहनाअनुसार बदल्नुपर्ने आवश्यकतालाई आफूहरूले ध्यान दिएको बताएका हुन्।
उनले जेनजी आन्दोलनले विगतमा आफूहरूले गरेको कामलाई समीक्षा गर्न दबाब बढाएको बताए।
'हामीले समीक्षा गरेरै एकताबद्ध बनेका हौँ। यो सन्देश सभा आफ्नो कमीकमजोरी खोतल्ने र त्यसलाई सच्याउने प्रतिबद्धता गर्न आएका हौँ,' उनले भने, 'यो आत्मालोचना सभा पनि हो। हामी १५ वटा पार्टी एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी बनेका हौँ।’
39
Shares

प्रतिक्रिया