एसीसी मेन्स यू-१९ प्रिमियर कपको सेमिफाइनलमा आज (शनिबार) नेपाल मलेसियासँग भिड्दै छ।
यूएईमा हुने खेलमा नेपाली युवा टोलीले मलेसियाविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।
नेपाल समूह एको विजेताका रूपमा सेमिफाइनल खेल्न लागेको हो।
समूह चरणमा नेपालले हङकङलाई १ सय १९ रनको फराकिलो अन्तरले हराएको थियो।
यस्तै पहिलो खेलमा नेपालले साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको थियो।
नेपाल आजको खेलमा मलेसियालाई हराउँदै उपाधि नजिक पुग्न चाहन्छ।
पहिलो सेमिफाइनलमा यूएई र ओमान खेल्दै छन्।
54
Shares

प्रतिक्रिया