सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सका प्रियांक पञ्चालले अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार प्रियांकले विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका हुन्। उनले ४२ बलमा चार चौका र दुई छक्काको मद्दतले अर्धशतक पूरा गरेका हुन्।
उनी जारी एनपीएलमा अर्धशतक बनाउने एघारौं खेलाडी हुन्।
48
Shares

प्रतिक्रिया