खेल


एनपीएलमा आज यी चार टोलीबीच प्रतिस्पर्धा

एनपीएलमा आज यी चार टोलीबीच प्रतिस्पर्धा

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार ७:३३, काठमाडौँ

काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन्। 

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा आज पहिलो खेल शुक्रबार बिहान ११ः४५ बजेदेखि सुरु हुँदैछ।

याे खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज भिड्दैछन्। दिउँसाे ४ः०० बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्ने तालिका छ।

चितवन चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौँले खेलमा दुई अङ्क मात्र बटुलेको छ। तीन खेलबाट दुई अङ्क  जोडेको कर्णालीलाई प्लेअफको यात्रा कायम राख्न जित्नैपर्ने दबाब छ।

 
अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ। आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad