खेल


लुम्बिनीविरुद्ध जितका लागि सुदूरपश्चिमले पायो १४४ रनको लक्ष्य

लुम्बिनीविरुद्ध जितका लागि सुदूरपश्चिमले पायो १४४ रनको लक्ष्य

सुदूर र लुम्बिनीको खेल (सरोज नेपाल)


नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १३:२५, काठमाडौँ

सुदूरपश्चिम रोयल्सले लुम्बिनीविरुद्ध जितका लागि १४४ रनको लक्ष्य पाएको छ। 

लुम्बिनी लायन्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदुरपश्चिम रोयल्ससामु जितका लागि १ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको हो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनी २ बल अगावै १ सय ४३ रनमा अलआउट भयो। 

१७ औँ ओभरमा लगातार ३ विकेट गुमाएपछि लुम्बिनीले विशाल योगफल तयार पार्न सकेन। १७ औँ ओभरको दोस्रो बलमा गुल्बदिन नइव ११ रन बनाउँदा विकेट किपर विनोद भण्डारीको हातबाट आउट हुन पुगे। सोही ओभरको पाचौँ बलमा रुवेन ट्रम्पलम्यान कप्तान दीपेन्द्र सिंह ऐरीको हातबाट रनआउट भए। लगत्तै ओभरको अन्तिम बलमा दिलीप नाथ विकेट किपर भण्डारीकै हातबाट आउट हुन पुगे। 

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै सर्वाधिक रह्यो उनले ३६ बलमा ३ चौका प्रहार गरेका थिए। 

दिलिप नाथ ३१ रन बनाउँदै क्याच आउट भए। ओपर्न डार्सी सर्ट र सुमित महर्जनले समान १८ रन बनाउँदै पेभेलियन फर्के। शेर मल्ल ४ रनमा बोल्ड आउट भए। 

सुदूरपश्चिमका लागि अविनास बोहोराले ३ विकेट लिए। अविनासले आफ्नो स्पेलमा २६ रन दिए। हरमित सिंहले ३ विकेट झारे। अरमितले ३.३ ओभरमा २२ रन खर्चे। हेमन्त धामीले २ विकेट लिए। स्कट कुगेलाइनल एक विकेट झारे। 

सुदूरपश्चिमले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad