चितवन राइनोजका रञ्जित कुमारले पाँच विकेट लिएपछि विराटनगर किंग्स संकटमा परेको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार चितवनका रञ्जितले २१ रन खर्चेर पाँच विकेट लिएका हुन्। उनले पहिलो विकेटका रुपमा पाँचौं ओभरको तेस्रो बलमा साम हेजलेटलाई आउट गरे। त्यसपछि पाँचौं बलमा वसिर अह्मदलाई आउट गरे।
त्यस्तै, सातौं ओभरमा नरेन भट्टलाई आउट गरे। एघारौं ओभरमा अन्तिम स्पेल लिएर आएका उनले नारायण जोशी र सूर्य तामाङलाई आउट गरे।
चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा १३ ओभरको खेल सकिँदा विराटनगरले आठ विकेट गुमाएर ७१ रन बनाएको छ।
6
Shares

प्रतिक्रिया