सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किंग्सले खराब सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले पावर प्लेमा चार विकेट गुमाएर ३७ रन मात्रै जोडेको छ। दोस्रो ओभरमै प्रारम्भिक ब्याटर लोकेश बम आउट भए।
त्यसपछि तेस्रो ओभरमा जर्ज मुन्सी आउट भए। पाँचौ ओभरमा साम हेजलेट र वसिर अह्मदलाई गुमाएपछि विराटनगर दबाबमा परेको हो।
चितवनका लागि रञ्जित कुमारले दुई, सोहैल तनविर र कमल ऐरीले एक-एक विकेट लिए। यसअघि ब्याटिङ गरेको चितवनले पाँच विकेटको क्षतिमा १७४ रन बनाएको थियो।
6
Shares

प्रतिक्रिया