खेल


रवि बोपाराको लगातार तेस्रो अर्धशतक

रवि बोपाराको लगातार तेस्रो अर्धशतक

नेपालखबर
मंसिर १०, २०८२ बुधबार १७:२२, काठमाडौँ

चितवन राइनोजका ब्याटर रवि बोपाराले लगातार तेस्रो अर्धशतक प्रहार गरेका छन्। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा मंगलबार विराटनगर किंग्सविरुद्धको खेलमा बोपाराले अर्धशतक प्रहार गरेका हुन्। यसअघि उनले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध र दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार बोपाराले २९ बलमा अर्धशतक प्रहार गरेका हुन्। उनले दुई चौका र तीन छक्का प्रहार गरे। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad