खेल


एनपीएलमा आज काठमान्डु र लुम्बिनी भिड्दै, प्लेअफ सम्भावना कायम राख्न महत्त्वपूर्ण खेल

एनपीएलमा आज काठमान्डु र लुम्बिनी भिड्दै, प्लेअफ सम्भावना कायम राख्न महत्त्वपूर्ण खेल

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार ७:४९, काठमाडौँ

काठमाडौँमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपील) अन्तर्गत आज (मंगलबार) काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दै छन्। 

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज अपराह्न ४ बजे सुरु हुनेछ।

करण केसीको कप्तानीमा रहेको काठमान्डुले तीन खेल खेलेको छ। जसमा दुई हार र एक जित भएका छन्। 

काठमान्डु दुई अंकसहित तेस्रो स्थानमा छ।

उता रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि अहिलेसम्म तीन खेल खेलेको छ। 

जसमा एक जित र दुई हार भएका छन्। दुई अंकका साथ लुम्बिनी चौथो स्थानमा छ।

दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना कायम राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad