खेल


एनपीएलमा आज दुई खेल हुँदै

पहिलो खेलमा जनकपुर र विराटनगर, दोस्रो खेलमा सुदूरपश्चिम र कर्णाली भिड्ने
एनपीएलमा आज दुई खेल हुँदै

फाइल तस्बिर


नेपालखबर
मंसिर ८, २०८२ सोमबार ८:५, काठमाडौँ

काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा बिहान पौने १२ बजे साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स भिड्दैछन्।

अपरान्ह चार बजे हुने दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। 

विराटनगर र सुदूरपश्चिम अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छन्। अनिल साहका कप्तानीमा रहेको जनकपुर पहिलो खेलमै काठमाडाैँ गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो । उपाधि दावेदारी प्रस्तुत गर्न  जनकपुरलाई विराटनगरविरुद्ध पुनरागमन गर्दै लय समाउने चुनौती छ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार तेस्रो खेल जित्ने लक्ष्यमा छ। विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स  र दोस्रो खेलमा काठमाडौंँविरुद्ध  जित दर्ता गरेको थियो। यी दुईबीच गत संस्करण उद्घाटन खेलमा भएको भेटमा  जनकपुरले ८ विकेटको सहज जित निकालेको थियो। आज उक्त बदला दिने सोच विराटनगरको रहने छ।

दोस्रो खेलमा आजै  दिपेन्द्र सिंह ऐरीको कप्तानीको  सुदूरपश्चिम र सोमपाल कामी नेतृत्वको  कर्णाली आमनेसामने हुनेछन्। गत संस्करण उत्कृष्ट प्रदर्शनका बाबजुद फाइनलमा स्तब्ध बनेको सुदूरपश्चिम यस पटक उपाधि जित्ने दाउमा छ। 

यता, पहिलो खेलमा चितवन राइनोजसँगको हारबाट जारी संस्करण सुरु गरेको कर्णालीले शनिबार लुम्बिनी लायन्सलाई हराउँदै उत्कृष्ट पुनरागमन गर्‍याे। ९ विकेटको रवाफिलो जित निकाल्ने क्रममा कर्णालीका मार्क वाटले विष्फोटक शतकीय पारी खेल्दै जित दिलाएका थिए। 

गत संस्करण रनरेटमामाथि पर्दै प्लेअफ पुगेको कर्णाली यस पटक सहज यात्राको चाहानामा छ। गत संस्करणमा  सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले स्तब्ध पारेको थियो। आज उक्त हार दोहो¥याउने पक्षमा  कर्णाली हुनेछैन।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गते सुरू भएको प्रतियोगिता मङ्सिर २७ मा समापन हुनेछ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad