हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज सोमबार बिहान ८ बजे दिएको जानकारीअनुसार हाल अहिले कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराईका थोरै स्थानमा हुस्सु लागेको छ।
मौसम महाशाखाले आजसमेत ३ दिनको सम्भावित मौसमबारे यस्तो प्रक्षेपण गरेको छ:
मंसिर ८ गते (सोमबार)
दिउँसो : कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ।
राति : कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
मंसिर ९ गते (मंगलबार)
दिउँसो : कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
राति : देशभर मौसम मुख्यतया सफा रहने छ।
मंसिर १० गते (बुधबार)
दिउँसो : कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
राति : देशभर मौसम मुख्यतया सफा रहने छ।
Shares

प्रतिक्रिया