कोशी


मोरङमा ४४ हजार नयाँ मतदाता थपिए

मोरङमा ४४ हजार नयाँ मतदाता थपिए

नेपालखबर
मंसिर ६, २०८२ शनिबार १९:५, मोरङ

यहाँ ४४ हजार ३११ नयाँ मतदाता थपिएका छन्। यो मङ्सिर ५ गतेसम्म थपिएका मतदाताको सङ्ख्या हो। 

यहाँस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार १६ हजार ४१३ जनाले प्रदेशको निर्वाचन कार्यालय र २७ हजार ९८९ जनाले राष्ट्रिय परिचयपत्रका  माध्यमबाट नाम दर्ता गराएका हुन्।
    
अब मोरङमा मतदाताको सङ्ख्या ७ लाख ८६ हजार ६६ पुगेको छ। यसअघि यो जिल्लामा ७ लाख ४१ हजार ७५५ मतदाता रहेका अभिलेख छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad