खेल


लहानमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढ्दै

लहानमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढ्दै

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार २१:५१, सिरहा

जिल्लाको लहान नगरपालिका–४ स्थित यज्ञभूमिमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया सघन रूपमा अघि बढेको छ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता रङ्गशाला निर्माण प्रक्रियाको अवस्थाबारे जानकारी लिन आज स्थलगत निरीक्षणका लागि यज्ञभूमि पुगेका थिए।

निरीक्षणका क्रममा मन्त्री गुप्ताले मन्त्रालयबाट रु तीन करोड बजेटको व्यवस्था भइसकेको जनाउँदै प्रविधिक अध्ययनको काम भइरहेको बताए। विगतमा विभिन्न कारणले रोकिएको बजेट फुकुवाका लागि अर्थ मन्त्रालयमा फाइल पुगेकाले प्रक्रिया पूरा भएलगत्तै काम सुरु हुने उनले विश्वास दिलाए।

‘हामी जसरी हुन्छ काम अगाडि बढाउनेतर्फ केन्द्रित छौँ, कागजपत्र मिलाउने, रकम व्यवस्थापनलगायत काम प्रक्रियामा छन्’, मन्त्री गुप्ताले भने। 

लहान क्रिकेट क्लबका अध्यक्ष विमल ठाकुरका अनुसार उक्त क्षेत्र सरकारी जग्गा भएकाले रङ्गशाला निर्माण सहज हुने बताउँदै लहान नगरपालिकाले रु दुई करोड सहयोग घोषणा गरिसकेको जानकारी दिए। मन्त्रालयको रु तीन करोडसहित रु पाँच करोडको प्रारम्भिक काम शीघ्र सुरु हुने उनले बताए।
 

पहिले सार्वजनिक भइसकेको डिजाइनअनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम भइरहेको क्लबले जनाएको छ। मन्त्री गुप्ताको गृहनगर भएकाले रङ्गशाला निर्माणप्रति स्थानीयस्तरमा थप आशा बढेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad