पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सका जोस ब्राउनले अर्धशतक प्रहार गरेका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार जोसले २९ बलमा अर्धशतक बनाएका हुन्। उनले पाँच चौका र तीन छक्का प्रहार गरे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले राम्रो सुरुवात गरेको छ। सुदूरपश्चिमका प्रारम्भिक ब्याटरद्वय जोस र विनोद भण्डारीले आक्रामक ब्याटिङ गरेका छन्।
36
Shares

प्रतिक्रिया