खेल


नेपाली रग्बी टोली बंगलादेश प्रस्थान

नेपाली रग्बी टोली बंगलादेश प्रस्थान

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार २१:५, काठमाडौँ

जेनजी आन्दोलनका कारण स्थगित भएको इन्टरनेसनल रग्बी सिरिजमा सहभागी हुन नेपाली टोली बंगलादेशको ढाका प्रस्थान गरेको छ।

बिहीबार २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली ढाका गएको हो। नेपाली टोलीमा श्रीराम श्रेष्ठ, विराट श्रेष्ठ, विवेश वासु, विक्रम पुरी, नवीन महर्जन, कपिल सापकोटा, सरोज कपाली, रोहन डङ्गोल, सन्दीप राई, गणेश बानियाँ, रोशन बम्जन, नवीनबहादुर मगर, प्रमेश चौधरी, सुरज रानामगर, पुजन फेवाली, मिलन थापा, शेरबहादुर वली, सञ्जय अधिकारी, मोहम्मद इसाद हुसैन, अनिल माझी, अनिश श्रेष्ठ, विष्णु खड्का, रमितबहादुर माल, निरोज कार्की, दिपेन्द्र चौधरी र मशेस सुनार छन्

नेपाली टोलीको प्रशिक्षकमा कृष्ण थापा र विनोद तामाङ तथा व्यवस्थापकमा गोपाल क्षेत्री र फिजियोमा देवन थापा छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, राखेपका सदस्यत्रय प्रकाशकुमार कुसारी, अञ्जना श्रेष्ठ र हिमालकुमार श्रेष्ठ, नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटा, महासचिव गोविन्द घिमिरे लगायतले बिदाइ गरेका छन्। 

यो प्रतियोगिता गत भदौ २९ देखि ३१ गतेसम्म नेपालमा हुने तय भएको थियो। तर, जेनजी आन्दोलनका कारण स्थगित भएको थियो। अहिले बंगलादेशमा हुन लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad